डाउनलोड ESET NOD 32 Antivirus : Free

0 comments
एन्टीभाईरस मध्ये टपटेन मा पर्न सफल यस ESET NOD 32 Antivirus प्रयोग गर्न पनि सजिलो र भाईरस बिरूद्ध सक्त लडाँइ लड्ने भएकोले मैले यो एन्टीभाईरस डाउनलोड गर्ने ३वटा लिङ्क प्रस्तुत गरेको छु ।

यदि तपाईको कम्प्यूटर अथवा ल्यापटपमा एन्टीभाईरस छैन भने यसले काम गर्नेछ भन्ने आशा राखेको छु । प्रयोग पश्चात प्रतिफलको प्रतिक्रिया दिनुहोला ।

तर याद गर्नुस् यदि तपाईको कम्प्यूटर वा ल्यापटपमा पहिलेनै एन्टिभाईरस छ भने अर्को Antivirus को प्रयोग नगर्नुहोला । यद्दपी प्रयोग गर्न चाहेको खण्डमा पहिलेको लाई Unistall वा Remove गरी नयाँलाई Install गर्न सक्नुहुनेछ ।

एन्टिभाईरस डाउनलोड गर्न तलका लिङ्कमा क्लिक गर्नुहोला ।
१. www.worldlink.com.np/support/download/software/ndntenst.exe 

२. www.toggle.com/lv/group/view/kl27634/ESET_NOD32_AntiVirus.htm 

३. www.scanwith.com/NOD32_download.htm


Read more

बूटेबल PenDrive बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्नुहोस्

0 comments
यदि तपाईं विन्डोज ईन्टरनेट बाट डाउनलोड गर्नु हुन्छ भने प्राय तपाईंलाई त्यो .iso फरम्याटमा उपलब्ध हुन्छ । जसलाई तपाईंले सि.डि वा डि.भि.डि मा बर्न गरेर त्यस बाट आफ्नो कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्नु हुन्छ । सि.डि वा डि.भि.डि बनाएर कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्दा कहिले काही सि.डि स्क्र्याच भएर install गर्नमा समस्या आउन सक्छ अथवा install हुन धेरै ढिलो पनि हुन सक्छ । सि.डि वा डि.भि.डि को तुलनामा PenDrive बाट अपरेटिङग सिस्टम install गर्दा धेरै छिटो पनि हुन्छ ।

तपाईंले पनि कहिले काही यस्तो समस्या अबस्य पनि भोग्नु भएकै होला यस्तोमा PenDrive लाई Bootable बनाएर आफुले चाहेको अपरेटिङग सिस्टम हालेर कम्प्युटरमा install गर्न पाए त स्क्र्याचको समस्या नै आउने थिएन भन्ने त तपाईंले पनि सोच्नु नै भएको होला र धेरै साथीहरुले यस्तो Bootable Pendrive बनाएर यो काम गर्नु पनि भएको होला । तर जसलाई यस्तो Drive बनाउन आउँदैन उनिहरुको लागि तरिका तल दिन गईरहेको छु ।

यो काम गर्न तपाईंलाई चाहिने सामाग्री तथा Software हरु

१) विन्डोज अपरेटिङग सिस्टमको फाइलहरु .iso फरम्याटमा (यदि तपाईं सँग सि.डि वा डि.भि.डि मा अपरेटिङग सिस्टम छ भने त्यसलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस् )

२) .iso फरम्याटमा कन्भर्ट गर्नको लागि बिभिन्न Software हरु छन जस्तै: Nero, Format Factory (Format Factory डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)

३) तपाईंको कम्प्युटरमा Microsoft .NET Framework 4 इन्स्टल भएको हुनु पर्छ (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)

४) PenDrive लाई Bootable बनाउने Software "WinToBootic v1.2" (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)

५) कमसेकम ४ GB भन्दा माथिको PenDrive

अब कसरी आफ्नो PenDrive मा Bootable सहितको अपरेटिङग सिस्टम राख्ने भन्ने तरिका बारे जानौ ।

१) सर्वप्रथम अपरेटिङग सिस्टमको फाइलहरुलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस्
२) Microsoft .NET Framework 4 डाउनलोड गरेर install गर्नुहोस् ।
३) WinToBootic v1.2 सफ्टवयर डाउनलोड गरेर चलाऊनुहोस् ।
४) PenDrive लाई USB port मा घुसाउनुहोस् ।
५) अब WinToBootic v1.2 प्रोग्राममा .iso फाइललाई Drag/Drop गर्नुहोस् ।
६) Quick Format बक्समा tick लगाउनुहोस् र Doit बटनमा क्लिक गरिदिनुहोस् ।
केही क्षणमा नै तपाईंको PenDrive Bootable सहितको अपरेटिङग सिस्टम को रुपमा तयार हुनेछ ।
Enjoy !!!


Read more